रास्वपा केन्द्रीय विभागमा १३ जनाको जिम्मेवारी फेरबदल

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार सम्पन्न सचिवालय बैठकले पार्टीका विभिन्न केन्द्रीय विभागहरूमा जिम्मेवारी फेरबदल गरेको छ । प्रवक्ता मनिष झाका अनुसार बैठकले नयाँ अनुहारहरूलाई अवसर दिँदै केही विभागहरूमा संरचनात्मक परिमार्जन गरेको हो ।बैठकको निर्णयअनुसार रवि किरण अधिकारीलाई अनुसन्धान तथा अभिलेखीकरण विभाग प्रमुखमा जिम्मेवारी दिइएको छ । अधिकारी लामो समयदेखि नेपालका विविध अनुसन्धान कार्यमा…