काठमाण्डु – दाह्री ग्याङका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । सामाजिक सञ्जालमा सक्रिय देखिने दाह्री ग्याङका युवाहरूले बुधवार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गरेका हुन् । ‘राष्ट्रका लागि युवा’ भन्ने अभियानमा रहेका युवाहरुले प्रधानमन्त्री ओलीसँग भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । सो भेटमा उर्जामन्त्री टोपबहादुर रायमाझी…