ताप्लेजुङ - ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ आम्बेगुदिनमा सडक निर्माणका क्रममा ढलेको रुखले किचेर एक वृद्धको ज्यान गएको छ । आम्बेगुदिनस्थित हप्पुखोलाबाट तेल्लोक जोड्ने मोटरबाटो निर्माणका क्रममा ढलेको रुखले किच्दा स्थानीय ६० वर्षीय पदम माया खड्काको घटनास्थलमा नै ज्यान गएको आम्बेगुदिन प्रहरी चौकीले जनाएको हो । प्रहरीका अनुसार आज दिउँसो घर छेउमा रहेर मेशिनले बाटो बनाएको हेरिरहेका…