काठमाण्डु – यस वर्षको पल्सर स्पोर्टस अवार्डमा पनि डिस मिडिया नेटवर्क लिमिटेड मुख्य सह–प्रायोजकका रुपमा रहने भएको छ ।अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च र डिस मिडियाबीच बुधबार आयोजित एक कार्यक्रममा त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा डिस मिडियाका प्रबन्ध निर्देशक सुदीप आचार्य र मञ्चका महासचिव प्रज्वल ओलीले सम्झौत हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार…