भागरथी हत्या प्रकरणः बलात्कारपछि घाँटी निमोठेर हत्या

बैतडी – मृतावस्थामा भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव परीक्षण रिपोर्ट आएको छ । जिल्ला अस्पताल बैतडीले जिल्ला प्रहरी कार्यालय बैतडीलाई आज बुझाएको रिपोर्टमा भागरथीको बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको छ । सो रिपोर्टअनुसार भागरथीको बलात्कारपछि हत्या भएको पुष्टि भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए…