काठमाण्डु – ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपालले नेपालमा भ्रष्टाचार बढेको तथ्यांक सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै ट्रान्सपेरेन्सी इन्टरनेसनलले नेपालले १०० मा ३३ अंक प्राप्त गरेको जनाएको छ । योसँगै नेपाल भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा परेको छ । सन् २०१९/२० मा विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेशन, वल्र्ड जस्टिस प्रोजेक्ट,…