काठमाडाैं - रूस र सर्वियाको भ्रमणमा गएका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भ्रमण छोट्याएर स्वदेश फर्किएका छन्। पूर्वनिर्धारित कार्यक्रम दुई दिनपछि फर्कने भए पनि मन्त्री ज्ञवाली शुक्रबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्। परराष्ट्र मन्त्री ज्ञवालीले रुसी विदेशमन्त्री सेरगेई लेभरोभसँग भेटवार्ता गरी राष्ट्रपति विद्यादेवी भण्डारीले रुसी राष्ट्रपति भ्लादिभिर पुटिनलाई पठाएको औपचारिक नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेका थिए…