त्रेतायुगीन क्षणलाई जीवित गर्दै छन् मिथिलावासी

जनकपुर – जनकपुरधाममा भोलि हुने प्रतीकात्मक भगवान् सीताराम विवाह महोत्सवको रौनकता छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । विवाह महोत्सवका लागि जानकी मन्दिरलाई सिङ्गारिनुका साथै परिसरमा निर्माण गरिएको विवाह मण्डप श्रद्धालुको केन्द्रबिन्दु बनेको छ । यसपटक भारतको अयोध्याबाट आएको प्रतीकात्मक राम जन्तीलाई मिथिलावासीले अवध…