बलात्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै पक्राउ

काठमाडौं – बलात्कारको आरोप लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी अस्पतालबाटै पक्राउ परेका छन् । बलात्कार आरोप लागेपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गराइरहेका सिद्धबाबालाई प्रहरीले आज (सोमबार) बिहान आईसीयूबाटै नियन्त्रणमा लिएको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । बिहान ४ बजे पक्राउ गरिएको उनलाई एम्बुलेन्समा राखेर सुनसरी जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको…