ताप्लेजुङमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडे

ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाण्डु पुगेको छ । चार परिवार ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा कोठा लिए बस्न पुगेको छ भने एक परिवार इलामको पशुपति बजार पुगेको छ । घुन्सा गाउँमा…