सेनाको टोलीद्वारा गैंडाको खाग तस्करीमा संलग्न २ जना पक्राउ

काठमाण्डु – गैडाको खाग तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले गैंडाको खागको अवैध तस्करीमा संलग्न रहेको आरोपमा २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गोरखा नगरपालिका वडा नं. ७ नयाँबजारका २७ बर्षीय कैलाश आले मगर र…