नर्वेजियन मन्त्रीसँग अर्थमन्त्रीले भने, ‘अर्को वर्षदेखि विद्युत आयातलाई शून्यतामा झार्ने छौँ’

काठमाडाैँ—अर्थमन्त्री डा. युवराव खतिवडा र नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री डाङ इङ उल्सटेनबीच शिष्ट्राचार भेटवार्ता भएको छ। सोमबार अर्थमन्त्रालयमा भएको शिष्ट्राचार भेटमा नर्भेजियन विकास मन्त्रीले नेपालले मिलिनियम डेभ्लोपमेण्ट गोल्ड (एमडीजी) प्राप्त गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिए। उनले नेपालको संघीयता कार्यान्वयनमा नर्वे सरकारले गर्न सक्ने सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। एफ.डी.आई. परिचालन गर्नको लागि…