विवेकशीलले कास्कीबाट जमुना शर्मालाई उम्मेदवार बनायो

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि कास्की–२मा हुने उपचुनावमा विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाउने भएको छ । विवेकशीलले मंगलबार शर्मालाई कास्की–२ मा उम्मेदवार बनाउने घोषणा गरेको हो । कास्की बैदाम घर भएकी शर्मा अधिकार क्षेत्रमा क्रियाशील नेतृ हुन् । पार्टीको भूमिकालाई अझ नागरिक पक्षीय र प्रभावकारी बनाउन, कास्की–पोखराको गरिमालाई सदा उँचो राख्न चुनाव जित्ने…