पैसा तिर्न नसक्दा अस्पतालमै बास !

काठमाडौं – शिवालय गाउँपालिका–१ जाजरकोटका ३५ वर्षीय डिलबहादुर नेपाली उपचारवापतको रकम तिर्न नसक्दा समस्यामा परेको छन् । मेरुदण्ड भाँचिएर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका नेपालीले मेडिकललाई तिर्नुपर्ने औषधिबापतको रकम नभएपछि डिस्जार्च हुँदा पनि अस्पतालमै बस्नुपरेको छ । एक महिनाअघि बाख्राको गोठ बनाउने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर मेरुदण्ड भाँचिएर नेपालगञ्ज मेडिकल कलेजमा उपचार…