काठमाडौं – नेपाल र चीनको संयुक्त लगानी रहेको निजी वायुसेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले आज (आइतबार)देखि चीनको राजधानी बेइजिङमा उडान सुरु गरेको छ । एयरलाईन्सले लामो समयको प्रयासपछि बेइजिङस्थित नवनिर्मित डाक्सिन इनटरनेशनल विमानस्थलमा पहिलो उडान भरेको हो । बिहान ९ बजे काठमाडौंबाट बेइजिङ उडान भरेको ए ३२० विमान राति पौने १० मा फर्कने हिमालयन एयरलाइन्सले…