मुटु काम्ने जाडोमा सुरक्षाकर्मीको खटाइ : ज्याकेटका भरमा ड्युटी

किरण पौड्याल/ इलाम - सीमामा सुरक्षार्थ प्रहरीलाई पर्याप्त सुविधा नहुँदा उच्च पहाडी र हिमाली क्षेत्रका सुरक्षाकर्मीलाई समस्या हुने गरेको छ। विशेषगरी बोर्डर आउट पोष्ट(बीओपी)मा खटिने सशस्त्र प्रहरीलाई चिसोको समस्याले सताउन थालेको छ। हिमाली क्षेत्रमा खट्नुपर्ने तर पर्याप्त सुविधा नहुँदा कठ्याङ्ग्रिदो जाडोमा ज्याकेट मात्र लगाएर काम गर्नुपर्ने बाध्यता छ। यसरी खटेका सुरक्षाकर्मीलाई सरकारले अतिरिक्त सुविधा (ज्याला)…