प्रधानमन्त्री ज्यू ! शुसासन को कुरा गर्नु अघि आफ्ना मन्त्रीहरूमाथि छानविन गर्नुहोस् : सांसद कार्की

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गर्दै गृहमन्त्री र प्रधानमन्त्रीको नैतिकताको प्रश्न उठाएकी छन् । प्रतिनिधिसभामा मन्तव्य दिँदै सांसद कार्कीले दुई महिनादेखि प्रतिपक्षी दलहरू आन्दोलनरत रहेको अवस्थामा पनि सरकारले बेवास्ता गरेको आरोप लगाइन् । उनले गृहमन्त्री रमेश लेखक माथि लागेका आरोपहरूको चर्चा गर्दै रामहरि खतिवडाको राजीनामालाई…