तीनकुनेको पुल फेरि नयाँ ठेक्काबाट निर्माण हुने

काठमाण्डु – तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण हुने भएको छ । यसका लागि सरकारले तयारी अन्तिमचरणमा पुर्‍याएको छ । निर्माण व्यवसायीको लापरवाही कारण सो पुल धेरै वर्षसम्म अवरुद्ध बनेको थियो । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्यगरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको काठमाण्डु उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।…