उपराष्ट्रपतिले लगाए बुवा रामसुर पुनबाट दसैँको टीका

काठमाडौं  - उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट दसैँको टीका ग्रहण गरेका छन्। पुनले आज उपराष्ट्रपति भवन हरितगृहतमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँ टीका ग्रहण गरेका हुन् । उपराष्ट्रपति पुनले आफ्ना सचिवालय सदस्यहरु, सुरक्षाकर्मीहरु र केही आफन्तहरुलाई पनि टीका लगाइदिएका छन् ।