काठमाण्डु– प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुने बताएकी छन्। मुलुकको सर्वाधिक महत्वको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाण्डु–तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)को मंगलबार बिहान निरीक्षण गर्दै उनले धाार्मिक विश्वास र सम्पदालाई असर नपारी काम गर्न निर्देशन दिएकी हुन्। द्रुतमार्ग निर्माण कार्यदलद्वारा ललितपुरको खोकनामा आयोजित…