काठमाडौं । पत्रकार आचारसंहिता–२०७३ संशोधन तथा परिमार्जन गरिएको छ । प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीका अवसरमा काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले संयुक्त रुपमा संशोधित तथा परिमार्जित पत्रकार आचारसंहिता, २०७३ (परिमार्जित–२०७६) सार्वजनिक गरे । आचारसंहितालाई समसामयिक बनाई समग्र मिडिया क्षेत्रलाई मर्यादित, जवाफदेही र जिम्मेवार बनाउने उद्देश्यअनुरुप सरोकारवाला सङ्घ–सङ्गठनका प्रतिनिधि…