ओखलढुंगा – क्याप्टेन यज्ञबहादुर थापाले सहादत प्राप्त गरेको ४३ वर्ष भइसकेको छ । सरकारले आइतबार घोषणा गरेको मानपदवी पाउनेको सूचीमा थापाको नाम ‘प्रसिद्ध प्रबल जनसेवाश्री’ पदक पाउने १६ औं नम्बरमा छ । प्रजातन्त्रका सेनानी थापा २०३१ सालको टिम्बुरबोटे काण्डका कमान्डर थिए । टिम्बुरबोटेबाट भाग्न सफल उनी केही दिनपछि हालको चिशंखुगढी गाउँपालिकामा पर्ने खानीभन्ज्याङ नजिकैको परालको…