काठमाण्डु – ‘फिनसेन फाइल्स’ ले दुबईमा तस्करीको सुन किनबेच गर्ने कम्पनीहरूको नाम खुलासा गरेको छ । हामीले तिनको नेपाल कारोबारका सम्बन्धमा अनुसन्धान ग¥यौं । अनुसन्धानबाट नेपालमा पनि ती कम्पनीहरूमार्फत सुन भित्र्याइएको भेटियो । तस्करीको सुन खरीदबिक्री गर्ने भनेर आरोप लागेको दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र ‘भिरेन ज्वेलर्स’ बाट नेपालमा सुन भित्र्याउने गरेको खुलासा भएको…