दक्षिण कोरियाकी पूर्वप्रथम महिला पनि पक्राउ, पूर्वराष्ट्रपति युन महिना दिनदेखि हिरासतमा

काठमाण्डु– दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम किओन–ही भ्रष्टाचार तथा पूँजी बजार हेरफेरलगायतका आरोपमा मंगलबार राति पक्राउ परेकी छन्। सियोल सेन्ट्रल जिल्ला अदालतले अभियोजकहरूको निवेदन पुनरावलोकन गर्दै पक्राउ पुर्जी जारी गरेलगत्तै ५२ वर्षीया किमलाई नियन्त्रणमा लिइएको हो। अभियोजकहरूले उनको कथित गैरकानुनी गतिविधि सम्बन्धी ८४८ पृष्ठको प्रतिवेदन अदालतमा पेस गर्दै, उनी प्रमाण नष्ट गर्न सक्ने उच्च…