काठमाण्डु– एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको ‘संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन’ नामक एक वर्षे परियोजना सम्पन्न भएको छ। यस परियोजनामा संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने, र संग्रहालय सम्बन्धी श्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियालापहरु कार्यान्वयन गरिएको थियो। परियोजनाअन्तर्गत संग्रहालयको आधारभूत…