काठमाण्डु – झापाको निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार वालेन्द्र शाह ‘बालेन’विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोप लगाउँदै धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरीमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक…