रसुवामा कांग्रेसका उम्मेदवार आचार्य विजयी

काठमाण्डु – रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार वसन्त भट्टलाई पराजित गर्दै आचार्य विजयी भएका हुन् । आचार्यले १० हजार ६५६ मत प्राप्त गर्दा भट्टले ५ हजार ५७१ मत पाएका छन् ।