काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । चितवन, धरान र विराटनगरमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।…