काठमाडौं – ललितपुरको नख्खुस्थित नख्खु कारागारमा कैदीबन्दीबीच हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार अपरान्ह १ बजेको आसपासमा भएको झडपमा नख्खु कारगारमा जबरजस्तीकरणी मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजीवको मृत्यु भएको जेलर वेदप्रकाश अर्यालले बताए । मार्ने उद्योगमा सजाय काटिरहेका पवनकुमार महतोले इँटाले हिर्काउँदा राजीवको ज्यान गएको ललितपुर प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)…