काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत लिआन जोनस्टनले शिष्टाचार भेट गरेका छन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५औं वर्षमा प्रवेश गरेको प्रसङ्ग स्मरण गरे । नेपाललाई प्रदान हुँदै आएको अष्ट्रेलियाली सहयोगप्रति आभार व्यक्त गर्दै…