भोजपुर – नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकर्ताले चलाएको गोली लागेर भोजपुरमा एक प्रहरीको मृत्यु भएको छ । ड्युटीमा रहेका प्रहरीमाथि बिहान ८ बजेर ३० मिनेटतिर आक्रमण हुँदा प्रहरी जवान सन्जीव राईको गोली लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी प्रहरीले सो आक्रमणको प्रतिकार गर्दा विप्लवका एक जना कार्यकर्ता पनि मारिएको प्रहरीले दाबी गरेको छ ।…