काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिहीबार सप्तरी र चितवनको भरतपुरमा थप तीन जना संक्रमितको मृत्यु भएको हो । चितवनको राप्ती नगरपालिका–९ की ३५ वर्षीया महिलाको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको छ । मिर्गौला रोगी, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी भदौ १४ गते अस्पताल भर्ना भएको…