काठमाडौं— विगत ५ दिनदेखि नउठेको काठमाडौंको फोहोर सोमबारबाट उठ्ने भएको छ। आइतबार काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँग प्रभावित क्षेत्रका जनप्रतिनिधि, प्रभावित र अतिप्रभावित क्षेत्रका स्थानीयबीच सम्पन्न बार्ताबाट समस्या समाधानका लागि समिति गठन गर्दै फोहोर खुलाउने सहमति भएको हो । वार्तामा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थानीयकातर्फबाट माग राख्दै प्रतिनिधिहरुले — सिसडोल ल्याण्डफिल्ड साइटमा अबदेखि फोहोर नलैजान…