राजु पाण्डेको प्रश्न : इमान्दार मान्छे राम्रो कि चिल्ला कुरा गरेर जनतालाई ढाट्नेहरू ?

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट काठमाण्डु क्षेत्र नम्बर ३ का उम्मेदवार राजु पाण्डेले मुलुकको परिस्थिति बिग्रिँदै गएपछि त्यसलाई सुधार गर्न उम्मेदवार बन्ने जोखिम लिएको बताएका छन् । शनिबार रास्वपाको निर्वाचन अभियान उद्घाटन तथा बृहत पार्टी प्रवेश कार्यक्रममा उनले देशको अवस्था सुधार गर्न जोखिम उठाएर एउटा सामान्य सुरक्षाकर्मीबाट प्रतिनिधि सभाको उम्मेदवार भएको बताए ।…