गुल्मी-२ : विरासत जोगाउने विष्टको प्रयास, कम्युनिस्ट गढ भत्काउने कांग्रेसको दाउ

काठमाण्डु- यसपटक प्रतिनिधि सभा निर्वाचनमा गुल्मी–२मा रोचक र कडा प्रतिस्पर्धा हुने देखिएको छ। गुल्मी–२मा एमालेका गोकर्णराज बिष्ट, नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी र नेकपाका श्रीराम महत चुनावी मैदानमा छन्। गत २०७९को प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट विष्ट जितेका थिए । उनले तत्कालीन नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पराजित गरेका थिए । झाँक्री…