नारायण ढुङ्गाना काठमाण्डु – कोभिड–१९ सङ्क्रमण रोक्न यतिखेर जिल्ला प्रशासन कार्यालय र स्थानीय तह सक्रिय रुपमा लागेका छन् । झण्डै बन्दाबन्दीको झै प्रशासनले उपयुक्त आदेशहरु जारी गरिरहेका छन् । सरकारले समय समयमा दिएको आदेश र निर्देशन कार्यान्ययन गर्दै प्रशासन सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरी निषेधको आदेश…