त्रिभुवन विमानस्थलबाट हुने सबै उडान प्रभावित

काठमाडौं – लगातारको वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको छ । अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले प्रतिकूल मौसमका कारण आन्तरिकतर्फ आंशिकरूपमा उडान प्रभावित भएको र अन्तर्राष्ट्रिय उडान सामान्य रहेको जानकारी दिए । आन्तरिकतर्फ बिहान केही उडान भए पनि अहिले आंशिकरूपमा मात्रै उडान भइरहेको…