काठमाण्डु – सरकारले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले हालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हटाएर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । भण्डारी केही दिनअघि मात्र काउन्सिलको सदस्य नियुक्त भएकी थिइन । बैठकले काउन्सिलको नियमावली नै परिवर्तन गरेर भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको…