विद्युतमा सुधार अभियान, एकै दिन तीनवटा सबस्टेशन सञ्चालनमा

काठमाडौं—नेपाल विद्युत प्राधिकरणले सोमबार तीन वटा सबस्टेशन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले सप्तरीको बोदेबर्साइन र गोरखाको पालुङटारमा निर्माण भएका ३३—११ केभी सब(स्टेसनको परीक्षण गरी सञ्चालन (चार्ज) मा ल्याएको हो । त्यस्तै, सप्तरीको दक्षिण–पश्चिम र गोरखाको पश्चिम क्षेत्रको विद्युत आपूर्ति सुधार गर्न क्रमशः बोदेबर्साइन र पालुङटार सब(स्टेसन निर्माण गरिएको हो । बाँकेको धामपुरमा निर्माण भएको ३३—११…