काठमाण्डु – काठमाण्डु उपत्यकामा पछिल्लो २४ घण्टामा ४४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । जसअनुसार काठमाण्डुमा ३६, ललितपुरमा ४ र भक्तपुरमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।