सरकारी हुने जग्गा व्यक्तिको नाममा गर्ने मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु – बाँके जिल्लाको साविक बेतहनी गाविसमा रहेको सरकारी जग्गा (अपुताली हक कायम हुन नसकेको जग्गा) कर्मचारीहरूसँगको मिलेमतोमा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मृतक सुरता कुर्मीको नाममा रहेको जग्गामा वादी लिलावती कैराती लगायतको ‘अपुताली हक’ नलाग्ने भनी सर्वोच्च अदालतले अन्तिम…