विराटनगर – विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । कोशी अस्पतालको आइसोलेशनमा रहेका विराटनगर ९ का ४५ वर्षीय पुरुष र रङ्गेली ८ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । विराटनगरका पुरुषमा श्वासप्रश्वास, ज्वरोलगायतका समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए भने रङ्गेलीका पुरुषको भने अस्पताल ल्याएलगत्तै बुधबार दिउँसो मृत्यु भएको छ ।