काठमाण्डु – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । आइतबार धनुषाको सहिदनगर नगरपालिका डुमरियाका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्वरोसहित स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई शनिबार प्रादेशिक अस्पतालमा रहेको कोरोना विशेष अस्पतालको आइसोलेसनको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा…