धादिङ – त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ । सो सडक खण्डको सात घुम्तीमा माथिबाट पहिरो खस्दा शुक्रबार विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानी खोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिएका छन् । सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको…