अधिवक्ता त्रिपाठीको बहसः विश्वासको मत गुमाइसकेपछि कसरी प्रधानमन्त्रीमा रेकमेण्ड हुन्छ ?

काठमाण्डु – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले अदालतको अवहेलना गरेको बताएका छन् । बिहीबार संसद विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाईमा रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता त्रिपाठीले फागुन ११ को फैसलाको पूर्णपाठ नआउँदै फेरि विघटन गरेर प्रधानमन्त्री ओलीले अदालतको अवहेलना गरेको भन्दै संसद् विघटन नभएको मानेर कामकारबाही सुरू गर्ने आदेश दिनुपर्ने बताएका छन्…