काठमाण्डु – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेलाडी छनोटका लागि शनिबार अक्सन हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार शनिबार ३ बजेदेखि अक्सन शुरू हुनेछ । यो अक्सनका लागि १५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक भइसकेको छ । यसअघि ४५८ जना खेलाडीले नाम दर्ता गरेकोमा ती खेलाडीबाट अन्तिम सूची घोषणा गरिएको थियो ।…