काठमाण्डु – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा कब्जा गर्ने इजरायलको निर्णयप्रति चिन्ता व्यक्त गरेका छन् । इजरायलको निर्णयपछि प्रतिक्रिया जनाउँदै उनले इजरायलले गाजा कब्जा गरेमा प्यालेस्टाइनीका निम्ति खतरा बढ्ने बताएका हुन् । ‘यसले लाखौं प्यालेस्टाइनी र बाँकी बन्धकसहित अरू व्यक्तिहरूको जीवन खतरामा पार्न सक्छ,’ उनले भने । महासचिव गुटेरेसले गाजामा प्यालेस्टाइनीले भयावह मानवीय संकट…