एसीडीमा वन मन्त्रीले भने-जलवायु परिवर्तनका असर बारे क्षेत्रीय सम्वाद आवश्यक

काठमाडौँ—वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विकासका रणनीति र योजनामा जलवायु परिवर्तनका असर र प्राकृतिक विपद् विषयमा क्षेत्रीय सहयोग बारे अर्थपूर्ण सम्वाद हुनुपर्ने धारणा व्यक्त गरेका छन्। कतारको दोहामा भएको ‘एशिया कोपरेशन डाइलग’ (एसिडी) को १६ औं सम्मेलनअन्तर्गत सदस्य राष्ट्रका मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले अन्तरक्षेत्रीय पर्यटन र लगानीको प्रवद्र्धन तथा क्षेत्रीय सम्पर्क सञ्जालको महत्वका बारेमा…