स्पेनले पठाएको स्वास्थ्य सामग्री काठमाण्डु आइपुग्यो

काठमाण्डु – स्पेन सरकारले नेपाललाई उपलब्ध गराएको कोभिड स्वास्थ्य सामग्री काठमाण्डु आइपुगेको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरलाइन्सको जहाँजमा स्वास्थ्य सामाग्री पठाएको हो । कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ । जसमा १५ रेस्पिरेटर, १० अक्सिजन कन्सेन्ट्रेटर, करिब डेढ लाख एफएफपी २ फेस मास्क र १ लाख…