अमेरिकामा तालमा डुबेर काठमाण्डुकी अस्मिता खनालको मृत्यु

एजेन्सी – अमेरिका टेक्ससमा तालमा डुबेर एक नेपाली युवतीको मृत्यु भएको छ । टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाण्डु घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । डुंगामा सयर गरिरहेका बेला उनको मृत्यु भएको हो । उनको शव गत आइतबार निकालिएको समाचारमा उल्लेख छ ।